सम्मान
कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
बुधबार, १९ भदौ २०८१, ०८ : ५४
_5CTFrpiuB1.jpg)
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उनलाई स्वागत गरेका हुन् ।
उनलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा कार्यक्रमको आयोजना भएको हो ।
पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
यो पदकले नेपाली खेलकुदमा नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
-
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते