पोल्टाभामा रुसी आक्रमणमा मर्नेको सङ्ख्या ५१ पुग्यो, २७१ जना घाइते
बुधबार, १९ भदौ २०८१, ०९ : ३८
किएभ । मध्य युक्रेनमा रहेको सहर पोल्टाभामा गरिएको रुसी क्षेप्यास्त्र हमलामा मर्नेको सङ्ख्या ५१ पुगेको छ । घटनामा कम्तीमा २ सय ७१ जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा क्षेप्यास्त्रले क्षति पुगेको छ । आक्रमणका युक्रेनी सेनाहरू पनि मारिएको त्यहाँको स्थल सेनाले जानकारी दिएको छ ।
त्यहाँको रक्षा मन्त्रालयका अनुसार हवाई हमलाको चेतावनी जारी गरिए पनि मानिसहरूले बम सेल्टरहरूमा पुग्नका लागि समय पाएनन् । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको बदला लिने बताएका छन् । मस्कोले भने आक्रमणबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण