लभिभमा रुसी आक्रमणमा परेर मर्नेको सङ्ख्या ७ पुग्यो

किएभ । युक्रेनको पश्चिमी सहर लभिभमा रुसले गरेको हवाई आक्रमणमा परेर मर्नेको सङ्ख्या सात पुगेको छ । मृतकहरूमध्ये तीन जना बालबालिका भएको बताइएको हो ।
मंगलबार मध्य युक्रेनको पोत्लाभा सहरस्थित एक सैन्य संस्थानको भवनमा भएको आक्रमणमा परेर ५१ जनाको मृत्यु भएको खबरबाट उब्रिन नपाउँदै रुसले युक्रेनलाई अर्को ताजा चोट दिएको छ । बुधबार बिहानै रुसले ड्रोन र हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको लभिभका मेयर एन्ड्री सादोभले भनेका छन् ।
मर्नेमा एक बालकको साथमा ९ र १४ वर्ष उमेरकी दुई बालिका समेत रहेको बताइएको छ । यस घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । हवाई प्रतिरक्षा बलले रुसी मिसाइल खसाउने प्रयास गरिरहँदा राजधानी किभमा समेत विस्फोटका आवाजहरू सुनिएका थिए ।
रुसले गरेको हवाई हमलामा परेर क्रिभ रिह सहरमा एउटा होटलमा पाँच जना घाइते भएका छन् । हालैका दिन रुसले हवाई आक्रमण तीव्र पारेपछि रुसले देशभरमा हवाई अलर्ट जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने