असोजदेखि कन्ट्री रेटिङ गरिने, तीन महिनामा सक्ने तयारी
काठमाडौँ । नेपालको क्रेडिट रेटिङ प्रक्रिया असोज पहिलो सातामा सुरु हुने गरी प्रक्रिया अगाडि बढेको छ । सरकारले अमेरिकी रेटिङ कम्पनी फिचलाई मुलुकको क्रेडिट रेटिङ गर्ने जिम्मेवारी दिएको छ । यसका लागि फिचका प्रतिनिधि भदौ २८ गते नेपाल आउने कार्यक्रम तय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७५–७६ कै बजेटमा ‘कन्ट्री रेटिङ’ गर्ने योजना समेटेको थियो । सोही आवको पुसमा ‘फिच’ले मुलुकको क्रेडिट रेटिङ गर्ने जिम्मा पाएको थियो । तर रेटिङ पूरा नहुँदै फैलिएको कोरोना महामारीका कारण काम स्थगित भयो ।
सरकारले गत आर्थिक वर्ष २०८०–८१ को बजेटमा पनि ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा गरेको थियो । सरकारी अधिकारीहरूले पटकपटक गत वैशाखमा भएको लगानी सम्मेलन अघि रेटिङ सक्ने जानकारी गराएका थिए । तर पूरा हुन सकेन ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सम्मेलनअघि ‘क्यापासिटी बिल्डिङ’मा गएर काम रोकिएको थियो । त्यही बिचमा सम्मेलन भयो । अब स्थगित काम पुनः सुरु हुने भएको छ । यो पटक तीन महिनामा रेटिङ सकेर प्रतिवेदन बुझाउने अर्थ मन्त्रालयको तयारी छ ।
यसको लागि अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च अधिकारीले तालिमसमेत लिइरहेका छन् ।
देशको क्रेडिट रेटिङले लगानी गर्ने वातावरण, ऋण भुक्तान गर्ने अवस्था, लगानी सुरक्षा, प्रतिफल, वित्तीय जोखिम, पारदर्शिता, कानुनी आधार, राजनीतिक तथा प्रशासनिक क्षेत्र जस्ता विषयबारे जानकारी दिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा ऋण पत्र जारी गरेर पुँजी जुटाउनका लागि पनि यसलाई महत्त्वपूर्ण माध्यम मानिन्छ । तर हाम्रो सरकारले लगानी विस्तार गर्ने विषयलाई जोडतोडले उठाए पनि कन्ट्री रेटिङ भने गर्न सकेको छैन ।
क्रेडिट रेटिङमा बढी अङ्क प्राप्त गर्ने देशको आर्थिक अवस्था बलियो भएको मानिन्छ । क्रेडिट रेटिङ गर्दा ट्रिपल ‘ए’ देखि सी सम्म अङ्क दिने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण