साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी
काठमाडौँ । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका हुन् ।
मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई) – ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित पाँचौँ सारफी लिडर्स राउन्ड टेबलका क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे ।
बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण