प्रस्तावित राजदूत श्रेष्ठ भन्छन्– क्रिकेट साउथ अफ्रिका र क्यानबिच सम्बन्ध बढाउँछु
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले दक्षिण अफ्रिकाको क्रिकेट संस्था र नेपालको क्रिकेट संस्थाबिच सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले विगतमा आफू पनि क्रिकेटको राष्ट्रिय खेलाडी रहेको बताउँदै क्रिकेट साउथ अफ्रिका र नेपाल क्रिकेट संघ (क्यान)बिच सहकार्य गराउने उल्लेख गरे ।
श्रेष्ठले दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया नेपालका लागि उपयोगी हुने भएकोले त्यहाँको अनुभव हासिल गर्ने बताए । उनले आफूले ६ महिनादेखि १ वर्षसम्म मध्यकालीन योजना र १ वर्षपछि बहुपक्षीय सम्बन्धका काम गर्ने उल्लेख गरे ।
आफूसँग ४८ वर्षसम्म अध्यापन गरेको अनुभव रहेको बताउँदै उनले आफ्नो अनुभव कूटनैतिक क्षेत्रमा प्रयोग गर्ने बताए । आफ्नो कार्यकालमा नेपालको स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, नेपालको आत्मसम्मान र नेपालको हितमा टेकेर काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण