नेपालमा परिवर्तन भए पनि क्रान्ति सफल हुन सकेन : बिडारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भए पनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ ? त्यो तुहिएको त काम लाग्दैन । त्यस कारणले अर्कै प्रकारको चिज चाहियो,’ उनले भने ।
नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यकता औँल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भए पनि नेताले मनपरी गरेको जनताले हेरिरहन नसक्ने उनले बताए । अब नेतृत्व कि सुध्रिनुपर्ने र होइन भने छाड्नुपर्ने उनको भनाइ छ । नालायक भएर सत्ताको वरिपरि बसिरहने छुट कसैलाई पनि रहेको बिडारीले बताए ।
‘अहिले. फेरि विद्रोहको मेलो सुरु होलाजस्तो भयो । विद्रोह चाहियो भनेको जस्तो भयो । यो भन्न हुँदैन थियो कि भनेर अरूले खाएको जनताले हेरिरहनु ? भन्न नहुने भनेर ? कि सप्रियौ, कि छोड, कि ठिक काममा लाग, कि तिमी जस्ता नालायक छोड । यो देश म छ कक्षा पढ्दा गरिब थियो ।’ उनले भने, ‘अहिले म ६७ वर्षको भइसकेँ, गरिब नै छ । राजाको पालादेखि यो देश विदेशी ऋणैऋणले डुबेको छ, अहिले पनि ऋणै छ । यो देशमा विकास निर्माणको पैसा खर्च भएन भनिएको छ, कसले नगरेको ? त्यसको दोष मरेको त्रिभुवनलाई दिने’
अहिले सरकार बनाउने क्रममा पापीहरू मिलेर लोभी जतिलाई किनेको उनले दाबी गरे । तिनै लोभीहरूले ‘मेरो नेता ठिक, मेरो दल ठिक, मेरो कुरा ठिक’ भनिरहेको उनले बताए । नेता बिडारीले अहिले जनताभन्दा जात ठुलो, सत्यभन्दा स्वार्थ ठुलो र न्यायभन्दा नाता ठुलो भएको बताए । ‘जात ठुलो कि जनता ठुलो ? नाता ठुलो कि न्याय ठुला ? स्वार्थ ठुलो कि सत्य ठुलो ? तर, अहिले जनताभन्दा जात ठुलो भन्ने गरिएको छ । सत्यभन्दा स्वार्थ ठुला, न्यायभन्दा नाता ठुलो भन्ने गरिएको छ । उँधो गएर उँभो पुगिँदैन,’– उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभावले ढिलाइ
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह