खेलकुद
सरकारले पलेशालाई पुरस्कारसहित सम्मान गर्ने
बुधबार, १९ भदौ २०८१, २० : ३३

काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पलेशालाई रु ६५ लाख पुरस्कारसहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो । नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !’
सरकारले उनलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने प्रधानमन्त्रीले जानकारी दिए ।
पलेशाले ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।
पदक विजेता खेलाडी पलेशालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण