खेलकुद
सरकारले पलेशालाई पुरस्कारसहित सम्मान गर्ने
बुधबार, १९ भदौ २०८१, २० : ३३
काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पलेशालाई रु ६५ लाख पुरस्कारसहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो । नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !’
सरकारले उनलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने प्रधानमन्त्रीले जानकारी दिए ।
पलेशाले ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।
पदक विजेता खेलाडी पलेशालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण