२१ वर्षमा पहिलो पटक मेस्सी वा रोनाल्डो बिनाको बालोन डी’ओर सूची सार्वजनिक
बिहीबार, २० भदौ २०८१, ०९ : ०२
काठमाडौँ । सन् २०२४ को बालोन डी’ओर पुरस्कारका लागि ३० जना खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । सन् २००३ यता लियोनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डो बिनाको सूची सार्वजनिक भएको यो पहिलो अवसर हो ।
३७ वर्षीय मेस्सीले सन् २०२३ मा यो उपाधि जितेका थिए । उनले सर्वाधिक ८ पटक बालोन डी’ओर उपाधि जितेका छन् । त्यस्तै पाँच पटकका विजेता ३९ वर्षीय रोनाल्डो पनि सूचीमा अटाउन सकेनन् ।
यो अवार्डका लागि फिफाको वरीयता अनुसार शीर्ष १ सय देशका खेल पत्रकारहरूले मत दिन्छन् । यसको विजेता २८ अक्टोबरमा पेरिसमा घोषणा गरिनेछ ।
यस्ता छन् शीर्ष ३० मा पर्ने खेलाडीहरूको सूची :
- जुड बेलिङह्याम, इंग्ल्याण्ड
- रुबेन डियान, पोर्चुगल
- फिल फोडेल, इंग्ल्याण्ड
- फेडेरिको भालभर्डे, उरुग्वे
- इमिलियानो मार्टिनेज, अर्जेन्टिना
- अर्लिङ हालान्ड, नर्वे
- निको विलियम्स, स्पेन
- ग्रानिट जाका, स्वीटजरल्याण्ड
- अर्टेम डोभविक, युक्रेन
- टोनी क्रुस, जर्मनी
- भिनिसियस जुनियर, ब्राजिल
- ड्यानी ओल्मो, स्पेन
- फ्लोरियन रिट्ज, जर्मनी
- मार्टिन ओडेगार्ड, नर्वे
- म्याट हुमल्स, जर्मनी
- रोड्री, स्पेन
- ह्यारी केन, इंग्ल्याण्ड
- डेक्लन राइस, इंग्ल्याण्ड
- भिटिन्हा, पोर्चुगल
- कोल पाल्मर, इंग्ल्याण्ड
- ड्यानी कार्भाहाल, स्पेन
- लमिन यामाल, स्पेन
- बुकायो साका, इंग्ल्याण्ड
- हाकान काल्हाग्लु, टर्की
- विलियम सालिबा, फ्रान्स
- किलियान एम्बाप्पे, फ्रान्स
- लाउटारो मार्टिनेज, अर्जेन्टना
- एडेमोला लुकम्यान, नाइजेरिया
- एन्टोनियो रुडिगर, जर्मनी
- अलेहान्द्रो ग्रिमाल्डो, स्पेन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण