कम्बोडियामा हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा गर्ने
काठमाडौँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्ने छिन् ।
प्रतियोगीताका लागि उनी यतिबेला विभिन्न प्रशिक्षणको तयारीमा छिन् । प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।
नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।
‘मिस प्लानेट’को यो वर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स भएकोले पनि उनले राम्रो उपलब्धि हासिल गर्न सक्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
अनिसा केही अगाडि काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण