गण्डकी प्रदेशको संसद् बैठक २६ गतेदेखि बस्ने, के सभामुख फेरिएलान् ?
पोखरा । सत्ता गठनबन्धनको फेरबदलले लामो समय रोकिएको गण्डकी प्रदेशको संसद् बैठक भदौ २६ गतेदेखि बस्ने भएको छ । सरकारमा एमाले सहभागी भएपछि बैठक डाकिएको हो ।
आगामी बैठकमा केही कानुनहरु संशोधनको तयारी छ भने केही नयाँ कानुन पनि टेबुल गर्ने तयारी छ । दलहरुबिच कुरा नमिल्दा गण्डकीको संसद् नै बन्धक बनेको थियो ।
२६ गते २ बजेका लागि बैठक डाकिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । स्रोतका अनुसार एमालेले सभामुख समेत फेर्नुपर्ने बताएको छ ।
‘बैठकहरूमा अनौपचारिक कुरा उठेको छ । तर अहिले नै फेर्न उचित नहुने निष्कर्ष छ,’ एक नेताले भने, ‘बेमौसममा यस्ता बाजा बजाउने हैन । समीकरण कसरी जान्छ त्यसपछि निर्णय होला ।’ सभामुख माओवादीबाट बनेका हुन् ।
यस्तै समितिको सभापति पनि हेरफेर हुनुपर्छ । सामान्यतः सार्वजनिक लेखा समितिका सभापति प्रमुख प्रतिपक्षी दललाई दिने चलन छ । गण्डकीमा यसअघि प्रमुख प्रतिपक्षी रहेको एमालेका सुधीर पौडेल सभापति छन् ।
पछिल्लो समिकरणपछि माओवादी प्रमख प्रतिपक्षी दल बनेको छ । ‘समितिले सभापति चलाउनुपर्छ । अहिले एमालेसँग छ । अब माओवादीले लेखा समिति पाउँछ,’ सांसदहरूले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण