बट्लर घाइते भएपछि फिल साल्टलाई टी–२० टोलीको कप्तानको जिम्मेवारी
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा इङ्ल्यान्डको टोलीको कप्तानी फिल साल्टले गर्ने भएका छन् । नियमित कप्तान जस बट्लर घाइते भएपछि फिल साल्टलाई उक्त जिम्मेवारी दिइएको हो ।
इङ्ल्यान्डले अस्ट्रेलियासँग टी–२० अन्तर्राष्ट्रियसँगै पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला पनि खेल्ने कार्यक्रम रहेको छ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अनुसार नियमित कप्तान बट्लरले एकदिवसीय शृंखला पनि गुमाउने सम्भावना छ ।
बट्लर केही समयदेखि दायाँ खुट्टाको पिँडुलाको समस्याबाट पीडित छन् । हालका लागि फिल साल्टलाई टी–२० शृंखलाका लागि मात्र कप्तानको जिम्मेवारी दिइएको हो । अस्ट्रेलियाविरुद्धको टी–२० शृंखलाका लागि घोषित इङ्ल्यान्डको टोलीमा जोफरा आर्चरलाई पनि समेटिएको छ ।
इङ्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको पनि घोषणा गरेको छ । एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी भने जस बट्लरलाई नै दिइएको छ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले एकदिवसीय शृंखला सुरु हुनुअघि नै जस बट्लर स्वस्थ्य भइसक्ने विश्वास पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण