बर्दियामा गैँडाको आक्रमणबाट एकको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
शुक्रबार, २१ भदौ २०८१, १४ : ११
बुटवल । बर्दियामा आज गैडाको आक्रमण परी एक जनाको मृत्यु भएको छ। जिल्लाको मधुवन नगरपालिका–६ मा गैँडाको आक्रमणबाट पथ प्रदर्शक ठाकुरद्वार नगरपालिका वडा नम्बर ९ का ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता डिएसपी तुलसी राम अर्यालले जानकारी दिए ।
यसैगरी गैँडाको आक्रमणबाट अमेरिकन पर्यटक एमसी सावन र उक्त वनका चौकीदार खिन्चु थारु घाइते भएको छन् । उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ ।
थारुको अवस्था सामान्य छ भने गम्भीर घाइते भएका अमेरिकन नागरिकलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी भएको अर्यालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण