माओवादी बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई पार्टीले गरायो सचेत
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाएको भन्दै यस्तो कार्य नगर्न सचेत गराएका हुन् ।
‘माओवादी आन्दोलन र पार्टी प्रति जनविश्वास र पुनः जनलहर बढ्न थालिसकेको अवस्थामा हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुक अकाउन्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी र संयोजक स्वयंको चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्ग प्रशस्त गर्न निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस्ता कपोकल्पित, तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण नगर्न र नगराउनुहुन न्यौपानेलाई सचेत गराउँदै त्यस्ता अनावश्यक तथ्यहीन भ्रामक आरोपको पछि नलाग्नुहुन सिङ्गो पार्टी पङ्क्ति, शुभचिन्तक, समर्थक र आम न्यायप्रेमी जनसमुदायहरूमा हार्दिक अपिल गर्न चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण