अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

बाँके । अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो ।
“हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने ।
अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए । चौधरीले भने, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।” राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन् ।
वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताए । हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ ।
स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए । उनका अनुसार नेपालगञ्ज–अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ । एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ ।
राप्ती नदीमा निर्माणाधीन पुलले अगैया–नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ । विसं २०७८ मा सुरु भएको उक्त सडक विसं २०८० मा सम्पन्न भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
-
एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ : महासचिव पोखरेल
-
प्रतिनिधिसभामा दुई संसदीय समितिका प्रतिवेदन पेस
-
राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली