‘एमपिएस’ सञ्चालन गर्नेबारे प्रहरी र त्रिभुवन विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल प्रहरीमा मास्टर इन पुलिस साइन्स (एमपिएस) सञ्चालन गर्नेबारे प्रहरी र त्रिभुवन विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा समझदारीपत्र आदान प्रदान समेत गरिएको छ ।
आईजीपी कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्सको रूपमा रहने एमपिएस कार्यक्रमले व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा राखेको बताए । प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सो कार्यक्रम सहयोगी हुने उनको भनाई छ ।
त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले भने, ‘आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्दछु ।’
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यसै वर्षदेखि एमपिएस कार्यक्रम सुरु हुँदै छ । २०७० मा प्रहरीमा भर्ना भएका इन्स्पेक्टरलाई ‘आधार समूह’ मानेर प्रहरीमा एमपिएस कार्यक्रम सुरु गरिएको छ । सो कोर्स पुरा गर्न नसक्नेहरु प्रहरी वरिष्ठ उपरीक्षकबाटै अवकाशमा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण