लामाचौर कपको उपाधि एपिएफलाई
पोखरा । पोखरामा आयोजना गरिएको लामाचौर कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ ।
शुक्रबार भएको फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गरी एपिएफले उपाधि जितेको हो । उपाधि विजेता एपिएफले १ लाख ५० हजार पुरस्कार पाएको छ भने डायमण्डले १ लाख पाएको छ ।
पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट गुमायो । एपिएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५–१३ मा आफ्नो पक्षमा पार्यो । तर चौथो सेट २५–१० ले गुमायो । लामाचौर कपको सुरुआती चरणमा डायमण्डको एकछत्र राज थियो ।
पछिल्ला वर्षहरुमा भने विभागीय टिमले उपाधिमा पकड जमाएको छ । २०६९ देखि लगातार ४ वर्ष डायमण्डले उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगितामा एभरेष्ट क्लब तेस्रो भयो भने गण्डकी सबैभन्दा पछाडि परेको छ ।
पुरुषतर्फ विभागीय टिम एपिएफ र पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । लाइट प्रोटेष्टका कारण शुक्रबार पुरुष फाइनल खेल हुन सकेन । शनिबार रोकिएका खेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण