प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

सुर्खेत । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछिसमारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।
दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए ।
कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो । तर एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले रातोपाटीलाई जानकारी दिए ।
‘आँखाको कार्यहरू त हुन्छ, दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको काम रोकियो,’उनले भने, ‘प्रधानमन्त्री नआउने भएपछि स्वास्थ्यमन्त्री पनि आउनुहुन्न ।’
यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासि नआउने निर्णय गरेपछि जुम्ला पुगेका पाहुनाहरू भने निराश बनेका छन् ।
दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । ती विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा