प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह
सुर्खेत । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछिसमारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।
दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए ।
कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो । तर एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले रातोपाटीलाई जानकारी दिए ।
‘आँखाको कार्यहरू त हुन्छ, दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको काम रोकियो,’उनले भने, ‘प्रधानमन्त्री नआउने भएपछि स्वास्थ्यमन्त्री पनि आउनुहुन्न ।’
यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासि नआउने निर्णय गरेपछि जुम्ला पुगेका पाहुनाहरू भने निराश बनेका छन् ।
दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । ती विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण