टीसीएलले ल्यायो चाडपर्व लक्षित अफर
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान "Celebrate Greatness Together" घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो अभियानअनुसार टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा रु. १ लाख ६३ हजार ५०० सम्मको क्यासब्याक प्रदान गर्नेछ। यो अभियानलाई अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ ।
थप उत्साहका लागि टीसीएलले बम्पर अफर प्रस्तुत गरिरहेको जनाएको छ। जसअनुसार पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित CMF Phone 1 by NOTHING जित्ने मौका पाउने जानकारी दिइएको छ । नेपालमा टीसीएलको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण