बाबा रामदेवको निमन्त्रणमा भरतपुरका मेयर रेनु दाहाल भारतमा
काठमाडौँ । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल भारत पुगेकी छिन् ।
पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत रहेकी दाहाल पतञ्जलि योग पीठका रामदेवद्वारा प्रवर्द्धित ‘हाम्रो स्वाभिमान ट्रस्ट’ द्वारा आयोजित तिज कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेकी हुन् ।
दाहालको सचिवालयका अनुसार कार्यक्रममा भाग लिएर उनी आइतबार स्वदेश फर्किँदै छिन् ।
‘मेयरज्यू नयाँदिल्लीमा नेपालीहरूले आयोजना गरेको तीजमा भाग लिन भारत जानुभएको हो । त्यहाँ आयोजित ‘हरितालिका तीज महोत्सव २०८१’ मा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ’, सचिवालयका एक सदस्यले भने ।
उक्त कार्यक्रममा रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।
रामदेवसँग दाहाल परिवारको सम्बन्ध प्रगाढ रहेको बताइएको छ । २०७८ मंसिर ३ गते काठमाडौँस्थित मण्डिखाटारमा पतञ्जलि योग पीठको उद्घाटन गर्दै प्रचण्डले सुरुमा रामदेव परम्परावादी जस्तो लागे पनि सङ्गत गर्दै जाँदा क्रान्तिकारी लागेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण