हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेछौँ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवङ्गत भएकाहरूको सम्झना तथा ४५ औँ दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार राजधानीमा आयोजित श्रद्धाञ्जलीसभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग अलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नुपर्ने छ‚’ उनले भने‚ ‘नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनेछौँ । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’
उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए । मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्टाउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी दिए । उनले उक्त विधेयक मन्त्रिपरिषद् मार्फत संसद्मा पेस गरिने विश्वास दिलाए ।
दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बिमाका विषयमा बिमासम्बन्धी ऐन निर्माण गर्नुपर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण