सिनरलाई यूएस ओपनको उपाधि
सोमबार, २४ भदौ २०८१, ०६ : २१
न्युयोर्क । विश्व नम्बर एक जानिक सिनरले टेलर फ्रिट्जमाथि सहज जित हासिल गर्दै यूएस ओपनको उपाधिमाथि कब्जा जमाउन सफल भएका छन् । यो वर्ष उनले हात पारेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो ।
इटालियन खेलाडीले गत जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । आइतबार भएको खेलमा उनले १२ औँ वरीयताका अमेरिकन खेलाडीलाई फ्रिट्जलाई ६–३, ६–४ र ७–५ को सोझो सेटमा हराए ।
२३ वर्षीय खेलाडी सन् १९९७ मा गुलिएर्मो भिलासपछि एकै वर्ष पहिलो दुई ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । गत मार्चमा प्रतिबन्धित पदार्थ प्रयोग गरेकोमा पोजेटिभ पाइएका सिनरलाई १९ दिनअघि मात्र सफाइ दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण