चौँरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
हुम्ला । सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौँरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप लगाएको हो ।
छ महिनादेखि १५ महिना मुनिका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभी रुबेला टाइफाइडलगायत रोग विरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्य चौकीका अहेब राजेश थापाले जानकारी दिए । चार हजार मिटर अग्लो पाटन चौँरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप लगाइएको अहेब थापाले जानकारी दिए । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीसैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौंरीगाईसहित अन्य पशुु चरिचरनका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए । रानीसैना खर्कमा गोठाला बसेका २० महिला र २३ पुरुष गरी ४३ गोठालेको स्वास्थ्य जाँचसहित औषधि उपचार गरिएको पनि संयोजक भण्डारीले बताए ।
स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिकासहित छिमेकी बाजुरा जिल्लाका रानीसैना पुगेका गोठाला, जडीबुटी खन्न पुगेका नागरिकको उपचार गरिएको उनले बताउनुभयो । स्याडा स्वास्थ्य चौकीका इन्चार्ज लवी रावतको नेतृत्वमा घुम्ती शिविरमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ । गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिकाभित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरिक स्वास्थ्य उपचारबाट कोही नछुटुन् भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण