महासंघ र एकोराबमा प्रेस सेन्टरको नेतृत्वमा साझा प्यानल बनाउने निर्णय
काठमाडौँ । प्रेस सेन्टर नेपालले पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ ।
आइतबार संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र एकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।
संगठनका महासचिव सन्तोष पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकार महासंघ र एकोराबमा आफ्नो नेतृत्वमा सबै पक्षलाई समेटेर लैजाने निर्णय भएको बताइएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनीक नगरिएको तथा सदस्यताको अन्तिम नामावली पनि सार्वजनीक नगरिनुले महासंघको निर्वाचन तोकिएको समयमा नहुने आशंका थपिएको भन्दै तत्काल सदस्यताको अन्तिम नामावली र कार्यतालिका सार्वजनीक गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा प्रेस सेन्टर जुनसुकै बेला पनि निर्वाचनको लािग तयार रहेको जनाउँदै महासंघलाई बन्धक बनाउने प्रवृत्तिको भण्डाफोर गर्ने निर्णय पनि सेन्टरले गरेको छ । उसले महासंघ र एकोराबलाई साझा बनाउन आफू लाग्ने प्रेस सेन्टरले प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण