अफगानिस्तान र पाकिस्तान सीमामा गोलाबारी, ८ तालिबान लडाकुको मृत्यु
इस्लामवाद । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान र पाकिस्तानबिच आइतबार अबेर रात गोलाबारी भएको छ । पाकिस्तानी वेबसाइट जियो न्यूजका अनुसार यस घटनामा कम्तीमा ८ जना तालिबान लडाकु मारिएका छन् । अरू १६ जना घाइते भएको बताइएको छ । खबरका अनुसार खोस्त प्रान्तको सीमा क्षेत्रमा राति ९ बजेबाट गोलाबारी सुरु भएको थियो । यो चार घण्टासम्म चलेको थियो ।
मारिनेहरूमा अफगान तालिबानका दुई वरिष्ठ कमान्डर, खलील र जान मोहम्मद रहेको सीमा सुरक्षाकर्मीहरूसँग सम्बन्धित स्रोतहरूले भनेका छन् । झडपमा कति पाकिस्तानी सैनिकको हताहत भए भन्ने जानकारी आएको छैन । यसअघि पनि सेप्टेम्बर ४ को राति पाकिस्तान र तालिबानबीच गोली हानाहान भएको थियो ।
तालिबान सरकारले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा नयाँ चौकीहरू बनाइरहेको छ । जसका कारण दिनहुँ दुई पक्षबिच झडप भइरहेको छ । पाकिस्तान र अफगानिस्तानलाई एउटा काल्पनिक डुरन्ड रेखाले छुट्याएको छ । तर अफगानिस्तानले यसलाई मान्यता दिँदैन । यो नै दुई देशबीच विवादको विषय बनेको छ । तालिबानले डुरन्ड रेखालाई मान्यता दिने अपेक्षा पाकिस्तानले गरेको थियो । तर त्यसो भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण