अफगानिस्तान र पाकिस्तान सीमामा गोलाबारी, ८ तालिबान लडाकुको मृत्यु

इस्लामवाद । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान र पाकिस्तानबिच आइतबार अबेर रात गोलाबारी भएको छ । पाकिस्तानी वेबसाइट जियो न्यूजका अनुसार यस घटनामा कम्तीमा ८ जना तालिबान लडाकु मारिएका छन् । अरू १६ जना घाइते भएको बताइएको छ । खबरका अनुसार खोस्त प्रान्तको सीमा क्षेत्रमा राति ९ बजेबाट गोलाबारी सुरु भएको थियो । यो चार घण्टासम्म चलेको थियो ।
मारिनेहरूमा अफगान तालिबानका दुई वरिष्ठ कमान्डर, खलील र जान मोहम्मद रहेको सीमा सुरक्षाकर्मीहरूसँग सम्बन्धित स्रोतहरूले भनेका छन् । झडपमा कति पाकिस्तानी सैनिकको हताहत भए भन्ने जानकारी आएको छैन । यसअघि पनि सेप्टेम्बर ४ को राति पाकिस्तान र तालिबानबीच गोली हानाहान भएको थियो ।
तालिबान सरकारले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा नयाँ चौकीहरू बनाइरहेको छ । जसका कारण दिनहुँ दुई पक्षबिच झडप भइरहेको छ । पाकिस्तान र अफगानिस्तानलाई एउटा काल्पनिक डुरन्ड रेखाले छुट्याएको छ । तर अफगानिस्तानले यसलाई मान्यता दिँदैन । यो नै दुई देशबीच विवादको विषय बनेको छ । तालिबानले डुरन्ड रेखालाई मान्यता दिने अपेक्षा पाकिस्तानले गरेको थियो । तर त्यसो भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन