नवनियुक्त प्रधानसेनापति सिग्देलले लिए शपथ
सोमबार, २४ भदौ २०८१, १५ : ००
काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । उनको शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । त्यसअघि राष्ट्रपतिले सिग्देललाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

गत भदौ १२ गते सरकारको निर्णयअनुसार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका थिए । शपथसँगै उनले आजदेखि प्रधानसेनापतिको रुपमा औपचारिक रुपमा काम सुरु गरेका छन् । यसअघि प्रधानसेनापति प्रभुराम शर्मा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण