विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला
सोमबार, २४ भदौ २०८१, १२ : ११
काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ मलवार बस्ने ६९ वर्षीय बम बहादुर भुषाल सोही ठाउँस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-११ नवजागृति सामुदायिक वनमा कालिका नगरपालिका-५ बस्ने ५५ वर्षीय बाबुराम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, जानकी गाउँपालिका-४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारु सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-१ जमुनियाबाट धनेवा जाने कच्ची बाटोको बिचमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बारा, कोल्हबी नगरपालिका-२ बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण