जनताको समस्या नेताहरूको पनि समस्या हो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पिरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताए । उनले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।
अध्यक्ष नेपालले कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठुलाठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न थालेको बताए ।
उनले भने, ‘अहिले तपाईं हामी जुन पिरमर्कामा छौँ, त्यो पिरमर्कापटी हाम्रो पार्टी संवेदनशील छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैषी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ ।’
अध्यक्ष नेपालले संसद्को माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण