पहिरोले मुग्लिङ–काठमाडौँ सडक दुईतर्फी अवरुद्ध
सोमबार, २४ भदौ २०८१, १७ : ५८

काठमाडौँ । पहिरोले मुग्लिङ–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार दिउँसो मुग्लिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन करिब दुई घण्टा लाग्ने धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।