राप्रपा बैठकमा संगठन र पार्टीको दीर्घकालीन लक्ष्य प्राप्तिसम्बन्धी ठोस प्रस्ताव नआएको गुनासो
काठमाडौँ । लामो समयपछि बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति वैठकमा संगठन र पार्टीको दीर्घकालीन लक्ष्य प्राप्तिसम्बन्धी ठोस प्रस्ताव नआएको भन्दै केही नेताहरुले असन्तुष्टि पोखेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको वैठकमा देश र जनताले सामना गरिरहेको समस्याबारे कुनै छलफल नचलाइनु गलत भएको एक नेताले बताए । ‘वर्तमान राजनीतिक परिस्थितिको लेखाजोखा भएन’, कार्यसम्पादन समितिका ती सदस्यले भने ।
‘पार्टी प्रवेशलाई देश विदेश अभियानको रुपमा चलाउने भनेर अध्यक्षले औधी मोह र लगाव देखाएको विषय भने वैठकले अनुमोदन गर्यो । यसबाट थाहा हुन्छ अध्यक्षको ध्यान र जोड कता छ,’ उनले थपे ।
स्रोतका अनुसार, आइतबार पार्टीको शीर्ष तहको वैठकमा विद्यार्र्थी र यूवा संगठनको महाधिवेशनका लागि सदस्यता रसिद नभएको, भए जति आफ्नो पक्षलाई मात्र दिइएको भन्ने विषय कार्यसम्पादन समितिको वैठकमा उठ्यो ।
‘भातृ संगठनको यस्तो सामान्य कुरा पार्टीको कार्यसम्पादनमा निर्णय गर्नु परेपछि, हामी कहाँ छौं ? नेतृत्व कता छ ? भन्ने स्पष्ट भयो । त्यसकारण वैठकमा धेरैले असहज महसुस गरे, चिन्ता व्यक्त गरे,’ ती नेताले भने ।
लिङ्देनले गत महाधिवेशनमा अध्यक्ष निर्वाचित भएपछि ६ महिनामा राजसंस्था र सनातन हिन्दू अधिराज्य पूनःस्थापना गर्ने घोषणा गरेका थिए । तर, गत संसदीय निर्वाचनलगायत त्यसपछिका समयमा पार्टीको मूल एजेण्डामा लिङ्देन करिवन मौन बस्ने गरेकोमा राप्रपाभित्र चर्को असन्तुष्टि छ ।
यद्यपि उक्त बैठकले २०८१ सालमा सदस्यता बढाउन अभियान नै सञ्चलन गर्नेलगायतका निर्णय भने बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण