नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहौल बनेको छ : नवाजुद्दीन
काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहौल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बालाले चलचित्रका लागि नेपालमा अब नयाँ माहौल बनेको बताएका हुन् ।
उनले निर्देशक मीनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहौल बनाउने कलाकार, निर्देशकहरू आउने भन्दै त्यो माहौल चलचित्र शाम्बालासँगै बनेको दाबी गरे ।
उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरू आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरू कुनै पनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहौल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरू आउँछन् । जो अहिले पनि छन् । अब उनीहरूले नेपाली सिनेमा क्षेत्रको माहौल अझै बढ्नेछ । उनीहरूले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’
अभिनेता सिद्दीकीले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण