बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी भन्छन्– नेपाली फिल्ममा काम गर्न चाहन्छु
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । मीन भाम निर्देशित फिल्म ‘सम्बाला’को प्रिमियरका लागि गत शनिबार नेपाल आएका सिद्दीकीले एक पोडकाष्ट कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
उनले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने धारणा राखे ।
‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । ‘सम्बाला’ निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठुलो साहस चाहिन्छ ’ उनले भने । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट लागेको समेत उनले बताएका छन् ।
अन्तर्वार्ताका क्रममा सिद्दीकीले नेपालमा आफूले न्यानो आतिथ्य पाएको समेत बताए । आफूलाई नेपालीहरूले निकै राम्रो व्यवहार गरेको उनको भनाई थियो ।
सिद्दीकीले नेपाल भ्रमणको क्रममा अभिनेता दयाहाङ राईसँग पर्यटकीय स्थल लाङटाङको भ्रमण समेत गरेका छन् । उनी हेलिकप्टरबाट त्यहाँ पुगेका हुन् । मण्डला थिएटरका विद्यार्थी र कलाकारसँग अन्तरक्रिया कार्यक्रममा समेत सहभागी सिद्दीकी मंगलबार स्वदेश फर्किँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण