देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना
मङ्गलबार, २५ भदौ २०८१, १७ : ०९

काठमाडौँ । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्याङ्क असार पहिलो सातायताको हो ।
ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो ।
यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक–एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि