देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना
मङ्गलबार, २५ भदौ २०८१, १७ : ०९
काठमाडौँ । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्याङ्क असार पहिलो सातायताको हो ।
ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो ।
यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक–एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण