साढे १४ करोड कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी
काठमाडौँ । साढे १४ करोड रुपैयाँ कर्जा मिलाइदिने प्रलोभन दिएर १७ लाख भन्दा बढी ठगी गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नम्बर १ का विष्णु बहादुर कार्की रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले हाल बुढानीलकण्ठ बस्दै आएका उनले आफू पीएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति रहेको भन्दै एक व्यक्तिलाई कृषि कर्जाका लागि साढे १४ करोड रुपैयाँ ऋण मिलाइदिने भन्दै प्रलोभनमा पारेका थिए ।
त्यसपछि उनले विभिन्न बहानामा जाहेरीवालासँग सत्र लाख एकतीस हजार रुपैयाँ लिएर फरार भएका थिए । पीडितको जाहेरीका आधारमा साउन १८ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएसँगै कार्यालयले कार्कीलाई बुढानीलकण्ठबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएर अनुसन्धान कार्य अघि बढाइएको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण