माओवादी केन्द्रको परामर्श बैठक : मधेस प्रदेशमा ४६ नेताले दिए सुझाव
महोत्तरी । नेकपा माओवादी केन्द्र मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरूले सुझाव दिने क्रम सकिएको छ ।
बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ४६ जना नेताले सुझाव दिएको माओवादी केन्द्र मधेस प्रदेशले जनाएको छ । सुझाव दिने नेताहरूले पार्टीलाई थप सुदृढ र एकताबद्ध गरेर लैजानुपर्नेमा जोड दिँदै संगठन सुदृढीकरण र जनपरिचालनका ठोस कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।
बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सकिनेछ ।
यसैबिच अध्यक्ष प्रचण्डले बुधबार बिहान रामगोपालपुर नगरपालिका–२ का वडा अध्यक्ष मुकेश यादवको स्मृतिमा आयोजना हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वडा अध्यक्ष यादवको भदौ ९ गते महोत्तरीको बर्दिबास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धान गर्न माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण