सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन : महेश बर्तौला
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए । उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभई संसदमा उठेको विषय भएको बताए । उनले उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको बताए ।
उनले भने ‘उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको होइन । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नुभएको काम पदीय जिम्मेवारी अनुकूल होइन ।’
प्रमुख सचेतक बर्तौलाले प्रतिपक्ष दलहरूले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाए । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण