काठमाडौँ महानगरको वार्षिक समीक्षा : सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च
काठमाडौँ । काठमाडौँ महानगरले गत आर्थिक वर्ष २०८०/८१ मा ५१.०१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गत आर्थिक वर्षको वार्षिक समिक्षामार्फत यो अघिल्लो ५ वर्षको अवधिमा सबैभन्दा उच्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
गत आर्थिक वर्षमा महानगरले २४ अर्ब रुपैयाँ कुल बजेट विनियोजन गरिएकोमध्ये १२ अर्ब बढि बजेट खर्च भएको छ । ‘विनियोजित बजेटमध्ये सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो ।’
उनले विभागीय प्रमुखहरुलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र वेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो ।
यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण