काठमाडौँ महानगरले गतवर्ष ५५ किलोमिटर सडक कालोपत्रे गर्यो
बुधबार, २६ भदौ २०८१, ११ : २०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गरेको छ । सोहि अवधिमा १० दशमलव ३१ किलोमिटर सडक ढलान गरिएको महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामार्फत जनाएको छ ।
यस्तै १२ दशमलव २५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्गमिटर ढुङ्गा छाप्ने, ३ दशमलव १८ किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।
यसैगरी सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण र ९ वटा पार्क निर्माण भएकाे महानगरपालिकाले जनाएको छ । यस वर्षमा चालू र क्रमागत गरी ८ अर्ब ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना थिए ।
खरिद कार्यका लागि ६२५ वटा योजना मूल्याङ्कन भएको महानगरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण