उत्तर प्रदेशको बहराइचमा ब्वाँसोको आक्रमणबाट ११ वर्षीया बालिका घाइते
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा मङ्गलवार राति ११ वर्षीया एक बालिकालाई ब्वाँसोले आक्रमण गरेको छ । अस्पतालमा भर्ना भएकी बालिकाको अवस्था स्थिर रहेको बताइएको छ ।
‘किशोरी अहिले ठीकै छिन् । गाउँका जनता सजग बनेर निरन्तर अनुगमन गरिरहेका छन् । त्यही भएर ब्वाँसोले आक्रमण गर्न बित्तिकै मानिसहरूले त्यसलाई भगाइदिए अनि किशोरी बाचिन्’ बहराइच डीपीआरओ राघवेन्द्र द्विवेदीले भनेका छन् ।
गएको सात दिनयता एकपछि अर्को गर्दै ब्वाँसाहरू समातिएपछि कुनै आक्रमण भएको थिएन । हिजो फेरि अर्को ब्वाँसा समातिएको उनले बताए । उत्तर प्रदेशको बहराइच जिल्लाको एउटा क्षेत्रमा ६ वटा ब्वाँसोले आतङ्क मच्चाइरहेका थिए ।
मङ्गलवार बिहान वन विभागले पाँचवटा ब्वाँसा समातेको भए पनि एउटा अझै खुल्ला हिँडिरहेको छ । यो क्षेत्र नेपाल–भारत सीमामा जोडिएको तराई अञ्चलको भएको बताइएको छ ।
यहाँ ब्वाँसाको समूहले साना बालबालिकाहरूलाई निशाना बनाइरहेका छन् । जुलाई र अगस्ट महिनामा ब्वाँसोको आक्रमणमा ६ जना बालबालिकाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण