गठ्ठाघर दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान
बुधबार, २६ भदौ २०८१, १५ : १६
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा पक्राउ परेका चालक जेल चलान भएका छन् । साउन ३१ मा भएको दुर्घटनामा परेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए ।
ना६ख २१७३ नम्बरको ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए ।
बा४९प ८९४४ नम्बरको स्कुटरलाई श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको थियो । गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको प्रारम्भिक छानबिन निष्कर्ष छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले घटनाबारे छानबिन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण