एभरेष्ट महिला भलिबल लिग : गण्डकी थण्डर्सले सार्वजनिक गर्यो पहिलो विदेशी खेलाडी
काठमाडौँ । गण्डकी थण्डर्सले वात्साल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
गण्डकीले आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी अपोजिट हिटर एलिसा ट्रुबियकलाई अनुबन्ध गरेको हो ।
एलिसा रसिया र क्यानडाको घरेलु लिगमा चर्चित अनुहार हुन् । उनले क्यानडाको योर्क युनिभर्सीटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सीटी एथलेटिक्स प्रतियोगिता खेलेकी छन् । त्यस्तै रसियामा आयोजना हुने भिस्चा लिग पनि खेलेकी छन् ।
एलिसाले नेपालमा आएर भलिबल खेल्न पाउने कुरामा आफू उत्साहित भएको बताएकी छिन् । नेपालमा हुन लागेको पहिलो फ्रेन्चाइजी लिका लागि तयार भएको पनि बताइन् ।
पोखरा थण्डर्सका टिम मालिक सौरव केडियाले थण्डर्सले रसियाबाट एउटा प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउँदा धेरै खुसि लागेको बताए ।
यस्तै टिमका निर्देशक विकास खेतानले टिमले अन्य दुई खेलाडीको पनि अनुबन्धको तयारी गरेको र छिटै सार्वजनिक गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण