रास्वपाले भन्यो– अपारदर्शी र ठुलो चन्दा नलिने डकुमेन्ट पास गर्दैछौँ
बिहीबार, २७ भदौ २०८१, १५ : ५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक पारदर्शिता राख्ने बताएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक पारदर्शिता जनतासामु देखाउने भन्दै असोज १ र २ गते हुने राष्ट्रिय भेलामा आर्थिक पारदर्शिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए ।
‘हामी अपारदर्शी चन्दाहरू नलिने, ठुलो चन्दा नलिने जस्ता विषय हाम्रो डकुमेन्टबाट स्पष्ट पार्छौं‚’ उनले भने ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपा कर कार्यालयमा दर्ता भएको पहिलो पार्टी भएको पनि जानकारी दिए ।
उनले राष्ट्रिय भेलाको अवसरमा विभिन्न अभियान घोषणा गरिने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण