पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी समितिका साथीहरूबिच हार्दिकता छैन : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका तल्ला समितिका सदस्यबिच हार्दिकता कम भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ र नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘देशभर घुमिरहँदा मैले के पाएको छु भने निर्वाचित भएको जनप्रतिनिधि र हाम्रो पार्टी कमिटी बिचमा जुन हार्दिकता हुनुपर्ने हो त्यो धेरै ठाउँमा हामीले पाएका छैनौँ‚’ उनले भने ।
महामन्त्री थापाले उनले यसको हल पनि संवादबाट निकालिनुपर्ने बताए । ‘हाम्रो बिचमा संवाद राम्रोसँग भएको छैन । यसले गर्दा पार्टीका कतिपय साथीहरूले अनावश्यक दुःख बेहोर्नुपरेको छ निर्वाचित भएका जनप्रतिनिधिहरूको दुःख पनि कतिपय ठाउँमा बुझाउन पाएका छैनौँ‚’ उनले भने ।
उनले असोजबाट सुरु हुने अभियानको माध्यमबाट जहाँ जहाँ समस्या देखिएको छ यसलाई हल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण