खोला मापदण्ड पीडित संघर्ष समिति र ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण
काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण गरेका छन् । बिहीबार संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्न संयुक्त मोर्चा निर्माण गरिएको हो ।
संघर्ष समितिले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्दै आएको छ ।
संघर्ष समितिमा राष्ट्रिय मुक्ति क्रान्ति, पहिचानवादी मोर्चा, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समिति, दलितको लागि दलित अभियान, भ्रष्टाचार विरोधी अभियान, यलः नेवा समाज, सेभ नेपा भ्याली, र सहकारी पीडित संघर्ष समिति मिलेर संयुक्त मोर्चा गठन गरेका हुन् ।
संयुक्त मोर्चाले यही भदौ ३१ गते ललितपुरको कुपोण्डोल पुल नजिक खोला छेउमा विशाल आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने भएको छ ।
बिहीबार भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि उपस्थिति भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण