खोला मापदण्ड पीडित संघर्ष समिति र ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण
_Tu1VouirpJ.jpg)
काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण गरेका छन् । बिहीबार संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्न संयुक्त मोर्चा निर्माण गरिएको हो ।
संघर्ष समितिले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्दै आएको छ ।
संघर्ष समितिमा राष्ट्रिय मुक्ति क्रान्ति, पहिचानवादी मोर्चा, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समिति, दलितको लागि दलित अभियान, भ्रष्टाचार विरोधी अभियान, यलः नेवा समाज, सेभ नेपा भ्याली, र सहकारी पीडित संघर्ष समिति मिलेर संयुक्त मोर्चा गठन गरेका हुन् ।
संयुक्त मोर्चाले यही भदौ ३१ गते ललितपुरको कुपोण्डोल पुल नजिक खोला छेउमा विशाल आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने भएको छ ।
बिहीबार भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि उपस्थिति भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी