सामाजिक सञ्जालमा भाइरल भिडियो : जब ड्वेन ब्राभोले आन्द्रे रसेललाई आफ्नो बिरासत सुम्पिए ..
काठमाडौँ । विश्व खेलकुदमा रमाइला घटनाहरु भइरहन्छन् । यस्ता केही घटनाले विश्वभर रहेका खेल समर्थकको मन पनि जित्ने गरेका छन् । क्यारेबियन प्रिमियर लिग क्रिकेटसँग जोडिएको यस्तै एक घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा क्यारेबियन प्रिमियर लिगसँग जोडिएको एउटा भिडियो राखिएको छ । त्यो भिडियोमा वेस्ट इन्डिजका चर्चित क्रिकेटर ड्वेन ब्राभोले आफ्नो ‘गोल्डेन बुट’ अर्का क्यारेबियन खेलाडी आन्द्रे रसेललाई उपहारमा दिइरहेको देखिन्छ ।
त्यसपछि आफूले उपहार पाएको त्यही ‘गोल्डेन बुट’ लगाएर आन्द्रे रसेलले अभ्यास गरिरहेको देखिन्छ । अभ्यासमा जानुअघि आन्द्रे रसेलले आफूले लगाएको ‘गोल्डेन बुट’ लाई ढोगेको पनि देखिन्छ । ‘एक अलराउन्डर खेलाडीले आफ्नो विरासत अर्का अलराउन्डर खेलाडीलाई सुम्पिएका छन्,’ उक्त भिडियोको क्याप्सनमा लेखिएको छ ।
आन्द्रे रसेलले पनि आफ्नो विरासत अर्का अलराउन्डरलाई सुम्पिएको बताएका छन् । ‘म आफ्नो गोल्डेन बटु जनरललाई हस्तान्तरण गर्दैछु,’ रसेलले भनेका छन् । ड्वेन ब्राभोले केही समयअघि टी–२० क्रिकेटबाट पनि सन्न्यास घोषणा गरेका थिए ।
ब्राभोले अगस्त ३१ तारिखदेखि टी–२० क्रिकेटबाट सन्न्यास लिएको घोषणा इन्स्टाग्राममार्फत गरेका थिए । उनले आफ्नो अन्तिम प्रतियोगिता पनि क्यारेबियन प्रिमियर लिगमै खेलेका थिए । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट भने निकैअघि नै सन्न्यास लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण