फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ
काठमाडौँ । ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन् । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’ मा उनी अभिनेत्रीको रूपमा अनुबन्धित भएकी हुन् । फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेतले फिल्ममा नम्रता अनुबन्धित भएको जानकारी दिए ।
नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले ‘रङ्गी’को स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन् ।
नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् ।
फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् ।
फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो । जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्म सौरभ लामाले खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण