अवार्डका लागि करिस्मासहितका कलाकार उडे अमेरिका
काठमाडौँ । अभिनेत्री करिस्मा मानन्धरसहित दर्जनभन्दा बढी कलाकार अमेरिका उडेका छन् ।
सही सेप्टेम्बर १५ मा न्यूयोर्कमा आयोजना हुने ७ औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’मा सहभागी हुन उनीहरू बिहीबार साँझ अमेरिका उडेका हुन् ।
नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमका लागि करिस्मासहित कृष्ण मल्ल, शर्मिला मल्ल, रवीन्द्र खड्का, केदार घिमिरे, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्री लगायत अमेरिका उडेका हुन् ।
सोही कार्यक्रमका लागि यसअघि नै पनि केही कलाकार अमेरिका उडिसकेका छन् । अमेरिकामा रहेका थुप्रै कलाकारको समेत कार्यक्रममा सहभागिता रहने आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए ।
फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल संयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण