खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल सङ्घ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औँ कंग्रेसमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका खेलकुद पत्रकारहरूको सम्मानमा होटल सङ्घ नेपालले आयोजना गरेको रात्रीभोजमा १० जना नेपाली माष्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।
स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरू र आयोजक होटल सङ्घ नेपाला पर्यटन सम्वद्र्ध संस्थाहरु, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीहरुबिच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरूमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने