खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी
काठमाडौँ । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल सङ्घ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औँ कंग्रेसमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका खेलकुद पत्रकारहरूको सम्मानमा होटल सङ्घ नेपालले आयोजना गरेको रात्रीभोजमा १० जना नेपाली माष्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।
स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरू र आयोजक होटल सङ्घ नेपाला पर्यटन सम्वद्र्ध संस्थाहरु, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीहरुबिच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरूमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण