स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको छ । समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि अध्यक्ष गुरुङसँग छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
उक्त सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी समेत मुछिँदै आएका छन् । समितिले बिहीबार कार्यविधि अनुसार ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ ।
सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय,बुद्धनगरको समितिले स्थलगत अनुगमन गरेको छ । त्यस्तै स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, मितेरी, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको समितिले जनाएको छ ।
साथै गुण मल्टीप्रपोज पुल्चोक ब्राञ्चले बचत फिर्ता गरेपछि सञ्चालन प्रक्रियाको समेत अवलोकन गरेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण