पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना

कोलम्बो । श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ ।
एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा स्थानीय किरा फट्याङ्ग्रा तस्करी गरेर लैजान लागेको पाइएपछि सो जरिवाना लगाइएको हो ।
याला नेशनल पार्कका रेन्जरहरूले ६८ वर्षका लुइगी फेरारी र उनको २८ वर्षिय छोरा मात्तियालाई यही वर्षको मे ८ मा समातेका थिए ।
यी दुईको साथबाट प्रहरीले किरा फट्याङ्ग्रा र पुतलीले भरिएको जारहरू फेला पारेका थिए । यी दुईले केमिकल हालिएको जारमा पुतलीहरूलाई राखेकोले रेन्जरहरूले भेट्टाउँदा सबै मरिसकेका थिए ।
यी दुईमाथि गैरकानूनी तवरले पुतलीहरू सङ्कलन गरेको, साथमा राखेको र परिवहन गरेको भनेर सेप्टेम्बरको सुरुमा अभियोग चलाइएको थियो ।
यी दुईलाई श्रीलङ्कामा वन्यजन्तुसम्बन्धी अपराधमा लगाइने सबैभन्दा ठुलो जरिवाना लगाइएको छ । यी दुईमाथि सुरुमा ८१० वटा मुद्दा चलाइएको थियो ।
पछि यसलाई घटाएर ३०४ मा झारियो । सेप्टेम्बर २४ सम्ममा सो जरिवाना तिर्न नसकेमा बाबु छोरालाई २ वर्षको जेल सजाय हुनेछ । यो घटनाको समयमा बाबु छोरा श्रीलङ्का घुम्न आएको भन्दै इटलीका सञ्चार माध्यमहरूले खबर छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू
-
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव