पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना
कोलम्बो । श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ ।
एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा स्थानीय किरा फट्याङ्ग्रा तस्करी गरेर लैजान लागेको पाइएपछि सो जरिवाना लगाइएको हो ।
याला नेशनल पार्कका रेन्जरहरूले ६८ वर्षका लुइगी फेरारी र उनको २८ वर्षिय छोरा मात्तियालाई यही वर्षको मे ८ मा समातेका थिए ।
यी दुईको साथबाट प्रहरीले किरा फट्याङ्ग्रा र पुतलीले भरिएको जारहरू फेला पारेका थिए । यी दुईले केमिकल हालिएको जारमा पुतलीहरूलाई राखेकोले रेन्जरहरूले भेट्टाउँदा सबै मरिसकेका थिए ।
यी दुईमाथि गैरकानूनी तवरले पुतलीहरू सङ्कलन गरेको, साथमा राखेको र परिवहन गरेको भनेर सेप्टेम्बरको सुरुमा अभियोग चलाइएको थियो ।
यी दुईलाई श्रीलङ्कामा वन्यजन्तुसम्बन्धी अपराधमा लगाइने सबैभन्दा ठुलो जरिवाना लगाइएको छ । यी दुईमाथि सुरुमा ८१० वटा मुद्दा चलाइएको थियो ।
पछि यसलाई घटाएर ३०४ मा झारियो । सेप्टेम्बर २४ सम्ममा सो जरिवाना तिर्न नसकेमा बाबु छोरालाई २ वर्षको जेल सजाय हुनेछ । यो घटनाको समयमा बाबु छोरा श्रीलङ्का घुम्न आएको भन्दै इटलीका सञ्चार माध्यमहरूले खबर छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण